सोमर्स्वी एप्पल साइडरले गायक सुशान्त केसीलाई बिहीबारबाट लागू हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेसडर अर्थात् सद्भावना दूत नियुक्त गरेको छ। सम्झौतासँगै गायक केसीले सोमस्र्वी एप्पल साइडरको प्रचारप्रसारमा सहयोग गर्नेछन्।
गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले भने, ‘हामीे यो सहकार्यबाट दुवैबीच परिपूरक हुनेमा विश्वस्त गर्छौ। यो फ्रेन्डसीप महिनामा हाम्रा युवा उपभोक्ताहरुले उहाँको सांगीतिक धुनसँग रम्दै र मस्त रहँदै चिसो सोमस्र्वीको साथमा अझै नयाँ सम्झनाहरु यादगार बनाउनेछन्।’
गायक केसीले पनि यो सहकार्यबाट एकदमै आशावादी रहेको बताउँदै सोमस्र्वीसँगको यो यात्रा अविस्मरणीय रहने विश्वास गरे। उनले भने, ‘ब्रान्डसँग आबद्ध रही मलाई हाम्रो देशका युवामाझ सांगीतिक यात्रा लिएर जुर्ने अवसर प्राप्त भएको छ। मलाई आशा छ सोमस्र्वीका विशेषतालाई मैले परिभाषित गर्न सक्नेछु।’
फ्रेन्डशिप महिना अभियान
त्यस्तै, सोमस्र्वीले अन्तर्राष्ट्रिय फ्रेन्डसिप महिना – अगस्टलाई ध्यानमा राखी नयाँ प्रचार प्रावधान ‘सोमरफन विथ फ्रेन्डस, डाट्स वन्डरफुल’ उपभोक्तामाझ सार्वजनिक गरेको छ। यो योजना नेपालभरका ५ सयभन्दा बढी बिक्री केन्द्रहरुमा उपलब्ध रहनेछ। साथै यो अवधिभर गायक सुशान्त के.सीले धरान, बुटवल, काठमाडौँ, पोखरा र नारायणगढमा सांगीतिक यात्रा गर्नेछन्।
नेपालमा सोमर्स्वी एप्पल साइडर
सोमर्स्वी नेपाली बजारमा एकमात्र उपलब्ध रहेको एप्पल साइडर हो र गोर्खा बु्रअरी प्रालिले मे २०१६ मा यो पेय सार्वजनिक गरेको हो । तत्पश्चात् यो नेपाली युवामाझ लोकप्रिय रहिआएको छ ।

प्रतिक्रिया