राजनीति


अध्यक्ष परिवर्तनसहित यी हुन् प्रचण्ड–नेपाल पक्षको बैठकका ६ एजेन्डा

अध्यक्ष परिवर्तनसहित यी हुन् प्रचण्ड–नेपाल पक्षको बैठकका ६ एजेन्डा

नेपालखबर
पुस ७, २०७७ मंगलबार १०:४२,

नेकपाको प्रचण्ड–नेपाल पक्षको जारी केन्द्रीय समिति बैठकमा ६ वटा एजेन्डा प्रस्तुत गरिएको छ।

सो समुहको स्थायी समिति बैठकले ती एजेन्डा तय गरेको हो।

पछिल्लो राजनीतिक र पार्टीको परिस्थितिबारे जानकारी गराउने एजेन्डालाई पहिलो सूचीमा राखिएको छ।

जसअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले बैठकमा आफ्ना धारणा राखिसकेका छन्।

त्यसैगरी दोस्रोमा अनुशासनको कारबाही राखिएको छ जसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरी अध्यक्ष पदबाट हटाउने स्थायी समितिको निर्णयलाई केन्द्रीय समितिबाट अनुमोदनका लागि प्रस्ताव गरिनेछ।

तेस्रो एजेन्डाअनुसार सोहि बैठकमा माधव नेपाललाई रिक्त अध्यक्ष पदमा निर्वाचित गरेको घोषणा गर्ने एजेन्डा तय भएको छ।

त्यसैगरी चौथो र पाँचौ एजेन्डामा क्रमशः कार्यक्रम तथा कार्ययोजना र विरोध तथा संघर्ष पारित गरिनेछ।

विविध एजेन्डा अन्तर्गत कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य नियुक्त गर्ने प्रस्ताव अनुमोदन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad