कारोबार


नागरिक केयर सेन्टर भवन निर्माणका लागि ग्लोबल आइएमई बैंकको साढे २ लाख सहयोग

नागरिक केयर सेन्टर भवन निर्माणका लागि ग्लोबल आइएमई बैंकको साढे २ लाख सहयोग

नेपालखबर
पुस ७, २०७७ मंगलबार १०:३८,

ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधीन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।

बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमका बीच नागरिक केयर सेन्टरका संयोजक पवन कुमार शारडालाई दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad