मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी व्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई विना धितो ब्याज अनुदान कर्जा दिने भएको छ।
मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच यससम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ।
संघमा आबद्ध महिला उद्यमीहरुले सम्झौताअनुसार १५ लाख रुपैयाँसम्म विनो धितो ब्याज अनुदान कर्जा पाउनेछन्। सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउनेछन्।
यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र ऊर्जा मिल्ने मेगा बैंकले जनाएको छ।
24
Shares

प्रतिक्रिया