ad ad

राजनीति


एमाले पहिल्यै विघटन भइसक्यो, अब ब्युँतदैन : माधव नेपाल

एमाले पहिल्यै विघटन भइसक्यो, अब ब्युँतदैन : माधव नेपाल

नेपालखबर
पुस ७, २०७७ मंगलबार ९:५९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले पहिल्यै विघटन भइसकेका कारण अब ब्युँतन नसक्ने बताएका छन्।

मंगलबार बबरमहलको कार्की पार्टी प्यालेसमा आयोजित प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले एमाले ब्युत्याउन सपना नदेख्न चेतावनी दिए।

‘नेकपा एमाले ब्युँताउने भन्ने सुन्दैछु’, उनले भने, ‘पार्टी एकता हुँदा नै दुवै पार्टी विघटन भइसके, अब ती ब्युँतन सक्दैनन्।’

उनले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता नपाउने भन्दै पार्टी केन्द्रीय समितिको दुईतिहाइ संख्या आफूहरुको पक्षमा रहेको दावी गरे।

नेता नेपालले आफूहरु ओलीको अपमान सहेर पनि पार्टी एकता बचाउन लागे पनि एकपछि अर्को गर्दै पार्टी निर्णयको उल्लधंन भएका कारण हेरेर बस्ने अवस्था नभएको बताए।

उनले प्रधानमन्त्रीको असंवैधानिक कदम खारेज हुने समेत दावी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .