ad ad

समाज


फिलिपिन्समा व्यक्तिगत रिसिबीका कारण प्रहरीले आमा–छोरालाई गोली हानेर मारे

फिलिपिन्समा व्यक्तिगत रिसिबीका कारण प्रहरीले आमा–छोरालाई गोली हानेर मारे

नेपालखबर
पुस ७, २०७७ मंगलबार १०:५,

प्रहरी संगठनलाई सुधार गरिनुपर्ने मानवअधिकारवादी संस्थाहरुले आवाज उठाउन थालेका छन्।

गत आइतबार सिनियर मास्टर सर्जेन्ट जोनेल नुयस्काले ५२ वर्षकी महिला सोन्या ग्रेगोरिया र २५ वर्षका फ्रान्क एन्थोनी ग्रोगोरियालाई केही समयको विवादपछि पेस्तोलले तेर्स्याउँदै गोली हानेका थिए।

सार्वजनिक भएको भिडियोअनुसार नुयस्काले ती आमा–छोरालाई शिरमा गोली हानेर हत्या गरेका छन्।

फ्रान्क एन्थोनीले नयाँ वर्षमा बजाइने बाजा बजाएका थिए। बाजा चर्को स्वरमा बजेको भन्दै ती प्रहरी उनीहरुलाई झपार्न आइपुगेका थिए।

लगत्तै आमाले आफ्ना छोरा जोगाउने प्रयास गरेकी थिइन्। प्रत्यक्षदर्शीका अनुसार गोली नचलाउन भनेपनि ती प्रहरीले गोली हानेका थिए।

हाल नुयस्काले हत्या गरेको स्वीकार गर्दै आफूलाई प्रहरीको जिम्मा लगाएका छन्।

सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएसँगै रोड्रिगो डुटेर्तेले लागूऔषधविरुद्धको अभियान संचालन गरेका छन्।

Philippines: Duterte's 'Drug War' Claims 12,000+ Lives | Human Rights Watch

उनले लागूऔषध कारोबारी र प्रयोगकर्तालाई मार्न आदेश दिएका छन्। त्यसयता हालसम्म फिलिपिन्समा ६ हजारजनाको हत्या भइसकेको छ।

यद्यपी ३० हजार बढीको हत्या भएको प्रतिवेदनहरु सार्वजनिक भएका छन्।

प्रहरीले निर्दोष व्यक्तिलाई हत्या गरेको आरोप लाग्ने गरेको छ। त्यहाँको सरकारले भने उक्त विषयलाई अस्वीकार गर्दै आएको छ।

सरकारले प्रहरीलाई हत्याको आदेश दिययता प्रहरीले निर्दोषमाथि पनि आफ्नो शक्ति प्रदर्शन गर्दै आएको आरोप लाग्ने गरेको छ। वासिंटन पोस्ट

भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .