ad ad

खेल


त्रिभुवन आर्मी क्लबले पायो एएफसी क्लब लाइसेन्स

त्रिभुवन आर्मी क्लबले पायो एएफसी क्लब लाइसेन्स

नेपालखबर
पुस ७, २०७७ मंगलबार ९:५४,

नेपालको त्रिभुवन आर्मी क्लब (टीएसी)ले एसियाली फुटबल महासंघ (एएफसी)को क्लब लाइसेन्स पाएको छ।

एएफसी क्लब लाइसेन्सिङ रेगुलेसन २०२० को मापदण्ड पूरा गरेपछि त्रिभुवन आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

योसँगै आर्मी अब ‘त्रिभुवन आर्मी फुटबल क्लब’मा दर्ज भएको छ।

एएफसीको फर्स्ट इन्स्ट्यान्ट बडीले यसअघि क्लब लाइसेन्स दिन अस्वीकार गरेपछि आर्मीले द अपिल बडीमा निर्णय पुनर्विचार गर्न निवेदन दिएको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै अपिल बडीले क्लब लाइसेन्स दिएको एन्फाले जनाएको छ।

यसअघि एफआईबीले नोभेम्बर ३० मा नेपालका १३ वटै ए डिभिजन क्लबको निवेदन अस्वीकृत गरेको थियो। आर्मीले भने एएफसीको सबै नियम र गाइडलाइन मानेर व्यावसायिक फुटबल क्लबमा रुपान्तरण भएपछि उसलाई लाइसेन्स दिइएको हो।

यो पनि –
१३ वटा ‘ए’ डिभिजन क्लवले लाइसेन्सको लागि दिएको आवेदन एएफसीद्वारा रद्द

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .