राजनीति


लामो कुराकानीपछि प्रचण्डलाई गृहमन्त्री थापाको ‘ग्रीन सिग्नल’

लामो कुराकानीपछि प्रचण्डलाई गृहमन्त्री थापाको ‘ग्रीन सिग्नल’

नेपालखबर
पुस ७, २०७७ मंगलबार ५:१७,

गृहमन्त्री रामबहादुर थापाले पार्टी विभाजन हुँदा आफू नेकपामै रहने बताएका छन्।

मंगलबार विहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लामो छलफल गरेका थापाले आफू पार्टीमै बस्ने र त्यसबारे आजै निर्णय गर्ने बताएका हुन्।

‘उहाँले अब म नेकपामै रहने निर्णयमा पुगेको बताउनुभयो, आजै यसबारे निर्णय गर्ने पनि सुनाउनुभएछ,’ प्रचण्डनिकट एक नेताले नेपालखबरसँग भने, ‘आज हुने प्रचण्ड पक्षकै केन्द्रीय समितिको बैठकमा पनि उहाँ सहभागी बन्ने संभावना उच्च छ।’

गृहमन्त्री थापाले अन्तिम निर्णयका लागि आफू निकट नेताहरूसंग छलफल गर्ने भएका छन्।
एक नेताका अनुसार आजको छलफलमा उनले प्रचण्डलाई ‘ग्रीन सिग्नल’ दिएका छन्।

गृहमन्त्री थापानिकट एक नेताले पनि प्रचण्डसँग सकारात्मक छलफल भएको बताए।

‘अध्यक्ष प्रचण्डसँग सकारात्मक कुरा भयो, आज बेलुकासम्म यसबारे नतिजा आउनेछ’, ती नेताले भने।

गृहमन्त्री थापाले सोमबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा एक घण्टा छलफल गरेका थिए।

कार्यकारी अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाबीच सोमबार विहान पनि मन्त्री क्वाटरमै छलफल भएको थियो।

हिजोको छलफलपछि दुबै अध्यक्षले बोलाएको बैठकमा नगएका थापा मंगलबार विहान प्रधानमन्त्री ओलीले राखेको केन्द्रीय समितिको बैठकमा पनि पुगेका छैनन्।

अध्यक्ष प्रचण्ड सोमबार र मंगलबार विहान पनि थापालाई भेट्न मन्त्री निवास पुगेका छन् भने थापा स्वयं भने प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका छन् जसलाई केही नेताहरुले अर्थपूर्णरुपमा लिएका छन्।

यता थापाको समूहमा रहेका देव गुरुङ, पम्फा भुसाल लगायतका नेताहरुले भने उनलाई प्रचण्डसँगै रहन तिब्र दबाब दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad