राजनीति


प्रजिअ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न सरकारले दियो निर्देशन

प्रजिअ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न सरकारले दियो निर्देशन

नेपालखबर
पुस ७, २०७७ मंगलबार ४:५०,

सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ।

गृह मन्त्रालयको अनुमतिबिना प्रजिअ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न सरकारले निर्देशन दिएको हो। प्रतिनिधिसभा विघटनपछि देशका विभिन्न ठाउँमा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन भइरहेका छन्।

सरकारको समर्थन र विरोधमा हुने प्रदर्शन र शान्तिसुरक्षालाई ख्याल गर्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअ र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरूलाई जिल्ला छाडेर कतै नजान परिपत्र गरेको हो।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि देशमा राजनीतिक अस्थिरता सिर्जना भएको छ। प्रधानमन्त्रीको कदमले सत्तारूढ नेकपा फुटको संघारमा पुगेको छ।

बदलिँदो राजनीतिक परिस्थितिअनुसार शान्तिसुरक्षा सुदृढ बनाउन प्रधानमन्त्री ओलीले चारवटै सुरक्षा अंगका प्रमुखसँग आइतबारै छलफल गरेका थिए। छलफलपछि उनले प्रजिअ र सुरक्षा प्रमुखहरुलाई हाइ अलर्टमा रहन निर्देशन दिएका हुन्।

ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग छलफल गरेपछि प्रजिअ र सुरक्षा अंगका प्रमुखहरुलाई जिल्ला छाडेर अन्यत्र नजान निर्देशन दिएका स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad