राजनीति


बालुवाटारमा ओली पक्षको केन्द्रीय समिति बैठक सुरु, प्रचण्ड–नेपाल पक्षलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने तयारी

बालुवाटारमा ओली पक्षको केन्द्रीय समिति बैठक सुरु, प्रचण्ड–नेपाल पक्षलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने तयारी

नेपालखबर
पुस ७, २०७७ मंगलबार ५:१८,

नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठक सुरु भएको छ।

निर्धारित समयभन्दा २ घण्टा ढिलागरी बैठक सुरु भएको हो।

केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल जानकारी दिए।

 ‘नेकपा केन्द्रीय कमिटीको आकस्मिक बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा शुरू’, रिमालले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

उक्त बैठकको पूर्व माओवादी समूहका स्स्थायी मिति सदस्यहरु मणि थापा र टोपबहादुर रायमाझी पनि सहभागी रहेको एक नेताले बताए।

ती नेताका अनुसार आजको बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबै नेताहरुलाई कारबाही गरी नयाँ सदस्य थप्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad