राजनीति


प्रचण्डको विज्ञप्ति : ओलीलाई कारबाही गरिने भएकाले नेकपा भत्किँदैन

प्रचण्डको विज्ञप्ति : ओलीलाई कारबाही गरिने भएकाले नेकपा भत्किँदैन

नेपालखबर
पुस ६, २०७७ सोमबार २३:५२,

सत्तारूढ नेपाल कम्यु्निस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘स्वेच्छाचारी कदम’ले पार्टी एकता भंग नहुने दाबी गरेका छन्।

प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण माग्ने निर्णय गरिसकेकाले पार्टी एकतामा कुनै असर नपर्ने जिकिर गरेका हुन्।

‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पंक्ति र आम जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन,’ विज्ञप्तिमा भनिएकाे छ, ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो।’

हेर्नुहाेस्, विज्ञप्ति :

prabi11

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad