नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूह तत्काल संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ।
सोमबार दिउँसो बानेश्वरमा भएको प्रचण्ड–नेपाल समूहको भेलाले संविधानवमोजिम संसद बैठक बोलाउने समय भइसकेकाले अविलम्ब संसद बैठक बोलाउन माग गरेको हो।
भेलाले संविधानबमोजिम प्रतिनिधिसभा विगठन गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई नरहेको भन्दै प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अगाडि बढाउन समेत माग गरेको छ।
भेलाले प्रधानमन्त्रीका कारण देशमा विषय स्थिति उत्पन्न भएको भन्दै एकतावद्धभइ संविधान, लोकतन्त्र र कम्युनिस्ट पार्टीको भविष्यको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्ने संकल्प समेत गरेको छ।
भेलामा नेकपाका प्रतिनिधिसभाका ९३ र राष्ट्रियसभाका २४ सांसदको उपस्थिति रहेको थियो।
यसअघि आजै प्रधानमन्त्री ओलीपक्षीय नेताहरुको भेला प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको थियो। भेलाले निर्वाचनको तयार गर्दै अगाडि बढ्ने निर्णय गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

Shares

प्रतिक्रिया