समाज


कोरोनाको खोप बनाउन सहयोग गर्ने रुसी बैज्ञानिकलाई छुरा प्रहार गरी १४ औं तलाबाट खसाइयो

कोरोनाको खोप बनाउन सहयोग गर्ने रुसी बैज्ञानिकलाई छुरा प्रहार गरी १४ औं तलाबाट खसाइयो

नेपालखबर
पुस ६, २०७७ सोमबार ११:१८,

एलेक्जेन्डर सासा कगनस्की १४ औं तलाबाट खसेको अवस्थामा मृत भेटिएका थिए। उनका शिरमा छुरा प्रहार भएको निशान भेटिएको थियो।

रुसी अखबार मोसकोभस्की कोमसोमोलेट्सका अनुसार अलेक्जेन्डर रुसमा कोरोनाविरुद्धको खोप बनाउने कार्यमा खटेका थिए। यद्यपी उनले कुन खोपका लागि काम गरे भनेर खुलाइएको छैन।

उनलाई कसले र किन हत्या गर्यो भनेर पनि अनुसन्धान भइरहेको छ।

यद्यपी उनको हत्यामा संलग्न भएको आरोपमा एक ४५ वर्षका व्यक्तिलाई गिरफ्तार गरेर अनुसन्धान थालिएको छ।

एलेक्जेन्डरले बायोलोजिस्ट थिए। उनले रुसको एक विश्वविद्यालयमा सेन्टर फर जिनोमिक एन्ड रिजेनेरेटिभ मेडिसिनमा निर्देशकको रुपमा काम गरेका थिए भने उनले १३ वर्षसम्म स्कटल्यान्डमा पनि काम गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad