सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले संसद् जीवितै रहेको दाबी गरेका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले संविधानअनुसार संसद् जीवितै रहेको जिकिर गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (आइतबार) दिउँसो संसद् विघटन गर्दै वैशाख १७ र २७ गतेलाई चुनावसमेत घोषणा गरिसकेकी छन्।
नेता शर्माले फेसबुकमा यति मात्र लेखेका छन्, ‘संविधानअनुसार संसद् जीवित नै छ।’


प्रतिक्रिया