समाज


सडक बनाउने क्रममा पहिरो जाँदा भक्तपुरमा एक मजदुरको मृत्यु, दुई घाइते

सडक बनाउने क्रममा पहिरो जाँदा भक्तपुरमा एक मजदुरको मृत्यु, दुई घाइते

नेपालखबर
पुस ६, २०७७ सोमबार ३:५५,

भक्तपुरको चाँगुनारायण नगरपालिका ५ छायाँबस्तीमा सडक बनाउने क्रममा गएको पहिरोमा पुरिएर एक मजदुरको मृत्यु भएको छ।

छाँयाबस्तीस्थित माथिल्लो मगरचोकबाट बर्दानेश्वर महादेव मन्दिर जाने बाटो निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा दुर्घटना भएको हो। पहिरोमा पुरिएर सडक निर्माणमा खटिएका सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका ४ घर भइ भक्तपुर बस्ने ३५ वर्षीय निमा योञ्जन को मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अन्य दुई मजदुर घाइते भएका छन्।

पहिरोमा पुरिएर गम्भीर घाइते भएका योञ्जनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचार गरी थप उपचारको लागि अर्थोपेटिक अस्पताल काठमाडौँ लगिएका योञ्जनको उपचारकै क्रममा मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँका ४४ वर्षीय प्रेम लामा र रामेछापको सुनापाती गाउँपालिका घर भइ भक्तपुर बस्दै आएका ५० वर्षीय भुपालसिंह घिसिङ घाइते भएका छन्। उनीहरुको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad