चीनका सैनिक दुइटा गाडीमा सीमा कटेर भारतीय क्षेत्रमा प्रवेश गरेको एक भारतीय पत्रिकाले आरोप लगाएको छ।
स्थानीयलाई उधृत गर्दै टाइम्स अफ इन्डियाले भारत-चीनको सीमा लद्दाखस्थित लेह भन्ने स्थानदेखि १३५ किलोमिटर पूर्व न्योमा क्षेत्रमा पर्ने चानताङ गाउँमा चिनियाँ सैनिक प्रवेश गरेको दाबी गरेको हो। त्यसको भिडियो स्थानीयले सामाजिक सञ्जालमा सेयर गरेको दाबी पनि पत्रिकाले गरेकाे छ।
यसरबारे बुझ्न आईटीबीपी (भारत-तिब्बत सीमा प्रहरी) बललाई सम्पर्क गर्दा बोल्न नचाहेको दाबी गर्दै टाइम्स अफ इन्डियाले आफ्नो वेबसाइटमा समाचार लेखेको छ।
उसले लेखेको छ- माथि उल्लिखित गाउँका बासिन्दाले बनाएको भिडियोअनुसार दुइटा गाडीभरि चीनका सैनिक सीमा कटेर भारतीय क्षेत्रमा आएका थिए। र, उनीहरूले स्थानीय गोठालालाई त्यहाँ गाईवस्तु नचराउन चेतावनी दिए। तर स्थानीयको विरोधपछि ती चिनियाँ सैनिक त्यहाँबाट फर्किन बाध्य भए।
उक्त अखबारका अनुसार उनीहरू सादा पाेसाकमा थिए। यसबारे केही दिनअघि गाउँका मानिसले सीमा सुरक्षा बललाई दिएका छन्।
न्योमाका काउन्सिलरलाई उधृत गर्दै टाइम्स अफ इन्डियाले घटना ४/५ दिनअघिको भएको जनाएको छ।
गत जुन १५ मा पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडप हुँदा भारततर्फ २० जनाको मृत्यु भएको थियो। चिनियाँ सैनिकतर्फ कति हताहती भए भन्नेबारे चीनले अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन।
त्यसयता दुई देशका सैनिकबीच सीमा क्षेत्रमा तनाव जारी छ।
Shares

प्रतिक्रिया