ad ad

राजनीति


प्रतिनिधि सभा विघटन गरी वैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

प्रतिनिधि सभा विघटन गरी वैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

नेपालखबर
पुस ५, २०७७ आइतबार ७:५१,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी वैशाख २३ गते आम चुनाव गर्ने प्रस्ताव गरेका छन्।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गरेका थिए।

आज राखेको आकस्मिक मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधि सभा विघटन गर्ने निर्णय गराएका प्रधानमन्त्री सो सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका थिए।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले सो सिफारिस अनुमोदन गर्न बाँकी छ।

प्रधानमन्त्रीको सो कदमको सत्तारुढ नेकपाकै ओलीइतर नेताहरु सबै प्रतिपक्षी दलहरुले कडा विरोध गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .