२४ महिनाको कानुनी प्रक्रियापछि २९ वर्षका रामलाल महतोलाई बिहारको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।
सन् २०१८ को जुन २ मा ३ वर्षकी बालिका हराएको भनेर दालसिङसराई प्रहरी चौकीमा उजुरी परेको थियो। त्यसको भोलिपल्ट ती बालिका हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।
नग्न भेटिएकी बालिकाको शरीरभर चोट थियो। घटना हुनु अगाडि ८ प्रत्यक्षदर्शीले बालिकालाई रामलालसँग देखेका थिए।
रामलालले सुरुवातमा बलात्कारको घटना अस्वीकार गरेपनि पछि यो कुकर्म आफैंले गरेको भनेर स्वीकार गरेका थिए।
अब रामलाललाई चाँडै मृत्युदण्ड दिइनेछ। हिन्दुस्तान टाइम्स
प्रतिक्रिया