सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए।
कोरोना देखिएपछि सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बसेका छन्।

प्रतिक्रिया