ब्राजिलका फुटबल लिजेन्ड पेलेले आफूले बनाएको कीर्तिमान बराबरी गरेकामा अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीलाई बधाई दिएका छन्।
स्पेनिस ला लिगामा शनिबार राति भ्यालेन्सियाविरुद्ध बार्सिलोनाले २–२ को बराबरी खेल्दा एक गोल गर्दै मेस्सीले पेलेले एकै क्लबका लागि सर्वाधिक गोल गरेर बनाएकाे कीर्तिमान बराबरी गरेका हुन्। यो उनको ६४३औं गोल हो।
पेलेले सान्तोष क्लबमा रहँदा बनाएको यो कीर्तिमानलाई आधा शताब्दीपछि मेस्सीले बराबरी गरेका हुन्।
मेस्सीले आफ्नो कीर्तिमान बराबरी गरेपछि पेलेले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।
उनले इन्स्टाग्राममा लेखेका छन्, ‘तिमीलाई जस्तै मलाई पनि थाहा छ हरेक दिन एउटै जर्सी लगाउनुको माया। तिमीलाई जस्तै मलाई पनि थाहा छ आफूलाई घरजस्तो लाग्ने ठाउँभन्दा राम्रो अरू कुनै ठाउँ छैन।’
याे पनि : मेस्सीद्वारा पेलेको कीर्तिमानको बराबरी

प्रतिक्रिया