पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ बस्ने गरी बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित गरेका छन्।
सो बैठकप्रति प्रचण्डले आपत्ति जनाएपछि प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेको स्रोतको भनाइ छ।
‘बालुवाटारमा दुई अध्यक्षबीच छलफल भयो। सो छलफलमा प्रचण्डले परिषद्को बैठक नराख्न आग्रह गर्नुभयो, त्यसपछि प्रधानमन्त्रीले बैठक स्थगित गर्नुभएको हो,’ स्रोतले नेपालखबरसँग भन्यो।
बुधबार नेकपाका शीर्ष नेताहरुसँग अध्यादेश फिर्ता गर्ने र संवैधानिक आयोगहरुमा सहमतिका आधारमा नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले आज बिहीबार साँझका लागि फेरि परिषद्को बैठक बोलाएपछि नेताहरु झस्किएका थिए।
पाँच बजेका लागि बोलाएको बैठक स्थगित भएको भनी सदस्यहरुलाई केहिबेर अघि खबर पठाइएको हो।
यो पनि :
- अध्यादेश फिर्ता गर्ने सहमति भएलगत्तै ओलीले डाके संवैधानिक परिषद्, नेताहरुबीच बढ्यो यस्तो संशय
- प्रधानमन्त्री ओलीले बोलाए साँझ ५ बजे संवैधानिक परिषद् र ६ बजे मन्त्रिपरिषद्को बैठक
- साँझ ६ बजे मन्त्रिपरिषद बैठक, अध्यादेश फिर्ताको निर्णय हुनसक्ने
Shares

प्रतिक्रिया