नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार (पुष ३ गते) बस्ने भएको छ।
कांग्रेस संसदीय दलले आज एक सूचना प्रकाशित गरी कार्यसमितिको बैठक शुक्रबार विहान १०ः३० बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्ने जनाएको छ।
बैठकका एजेण्डाबारे भने सूचनामा उल्लेख छैन।
यसअघि कांग्रेसले सरकारले ल्याएकाे संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे छलफल गर्न संसदीय दलकाे बैठक बाेलाउने जनाएकाे थियाे। तर सरकारले साे अध्यादेश फिर्ता गर्न बुधबार नै सहमति जनाइसकेकाे छ।
21
Shares

प्रतिक्रिया