राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई ‘गाईजात्रा’ बन्द गर्न आग्रह गरेका छन्।
उनले प्रधानमन्त्री ओली र प्रचण्डबीचको पार्टीगत विवादले आफूहरूजस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधर (राजावादी) लाई समेत लाज लागेको टिप्पणी गरेका हुन्।
अध्यक्ष थापाले भनेका छन्, ‘अब अतिभो, गाईजात्रा बन्द गर्नुहोस्।’
बिहीबार बिहान थापाले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस्, हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो,’ ‘कमसेकम लोकलज्जाको त ख्याल राख्नोस्।’
प्रतिक्रिया