राजनीति


उखु किसानको रकम भुक्तानी नदिने मिल सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

उखु किसानको रकम भुक्तानी नदिने मिल सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

नेपालखबर
पुस १, २०७७ बुधबार १४:३२,

उखु किसानको बक्यौता रकम भुक्तानी नदिने मिलका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

गृह मन्त्रालयले किसानको रकम भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न मंगलबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो।

सोही निर्देशन अनुसार अन्नपूर्ण सुगरमिल सर्लाही र इन्दिरा सुगरमिल नवलपरासीका सञ्चालक राकेश अग्रवाल, रौतहटस्थित श्रीराम सुगरमिलका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवाल, पश्चिम नवलपरासीस्थित लुम्बिनी सुगरमिलका श्रेया अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

आफ्नो उत्पादनको भुक्तानी पाउनुपर्ने माग राखी उखु किसानहरु काठमाडौं आएर आन्दोलन चर्काएपछि सरकारले उखु किसानका बक्यौता भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरेर असुलउपर गर्ने निर्णय गरेको हो। बुधबार गृहमन्त्री, उद्योगमन्त्री, कृषिमन्त्री र संघीय मामिलामन्त्रीको आज गृह मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको थियो।

उद्योगीले लामो समयदेखि किसानका भुक्तानी नदिएको, किसान र सरकारसँग गत वर्ष भएको सम्झौता पालना नगरेको, सरकारबाट पाउने सहुलियत लिने तर किसानलाई मूल्य पनि नदिने गरेको, नेपालको चिनी थन्क्याएर आयात गर्ने अनि त्यही चिनी बाहिर पठाएर फेरि सुविधा लिएको, चिनी बिक्री गरेर पनि भुक्तानी रोकेको लगायत विषयमा बैठकमा छलफल भएको थियो।

उद्योगीले किसानको उखु किनेर पनि लामो समयसम्म पैसा नदिएपछि पोहोरदेखि नै किसानहरु काठमाडौं नै आएर आन्दोलन गर्दै आएका छन्। गत वर्ष पुसमा सरकारले बक्यौता उठाइदिने भनी सम्झौता गरेपछि किसानहरु फर्किएका थिए तर उद्योगमन्त्री भट्टले पुनः उनीहरुको मागमा उदासीनता देखाएपछि फेरि आन्दोलन गरिरहेका छन्।

मंसिर २८ गतेदेखि नै उखु किसानले माइतीघरमा आन्दोलन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad