राजनीति


ओली-प्रचण्डबीच सहमतिपछि माधव नेपालले भने : दुई अध्यक्षको समझदारीले मात्र पार्टी चल्दैन

ओली-प्रचण्डबीच सहमतिपछि माधव नेपालले भने : दुई अध्यक्षको समझदारीले मात्र पार्टी चल्दैन

नेपालखबर
पुस १, २०७७ बुधबार १४:४३,

सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक बस्नुअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एक सहमति भएपछि त्यसबारे वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा आफ्नो भिन्न धारणा राखेका छन्।

निर्धारित समय (दिउँसो १ बजे) अध्यक्ष ओली बैठकमा नआएपछि केहि नेताहरुको पहलमा एक सहमति गरेपछि मात्र ओली बैठकमा सहभागी भएका थिए।

तर, दुई अध्यक्षबीच भएको सहमतिबारे वरिष्ठ नेता माधवकुमार नेपालले भने आफ्नो भिन्न धारणा राखेका हुन्।

उनले दुई अध्यक्षबीच आपसी समझदारी गरे पनि त्यत्तिले मात्र पार्टी नचल्ने र त्यस्ता सहमति समझदारीलाई पार्टी कमिटीमा ल्याउनैपर्ने बताएको एक स्थायी समिति सदस्यले बताए।

‘पार्टीको बैठक बसिरहेका बेला दुई जना अध्यक्षबीच गरिएको समझदारीलाई मात्र कसरी मान्न सकिन्छ र? पार्टी कमिटीका निर्णयमा चल्ने कि दुई अध्यक्षको निर्णयमा? हरेक समझदारीलाई पार्टी कमिटीबाट निर्णय गरेर संस्थागत गर्नुपर्छ,’ सो बैठकमा नेपालले भनेका थिए।

उनले पार्टीभित्र विधि, पद्धति र नीतिका आधारमा पार्टी नचल्ने र यसैगरी अध्यादेश ल्याउने, मनलाग्दी पाराले पार्टी चलाउने हो भने त्यसलाई स्वीकार गर्न नसकिने बताएका थिए।

त्यसो त, प्रचण्डले अध्यक्ष ओलीसँग सहमति गर्नुअघि नेता नेपालसँग परामर्श गरेका थिए।

यो पनि: यसरी भयो बालुवाटारमा तीन बुँदे सहमति

प्रधानमन्त्री ओलीले पार्टीमा जानकारी नदिई मंगलबार (मंसिर ३० गते) संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका कारण उनको सर्वत्र आलोचना भएपछि ओली बुधबारको बैठक सामना गर्न निकै अप्ठ्यारो अवस्थामा थिए।

बुधबारको बैठकमा छलफलका विषय अन्य भएपनि मंगलबार प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि बहस त्यतातर्फ मोडिएको थियो।

अर्कोतर्फ यसैबीच केहि सांसद संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेपछि माहोल थप अन्यौपूर्ण बनेको थियो।

यसैबीच, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, स्थायी समिति सदस्यहरु सुवास नेम्वाङ र शंकर पोखरेलको पहलमा महासचिव बिष्णु पौडेलको समेत उपस्थितिमा दुई अध्यक्षबीच एक सहमति गरिएको थियो।

यो पनि:

बैठकको एजेन्डाबारे विवाद भएपछि महासचिवसहित ओली–प्रचण्ड फेरि छलफलमा

संसदको विशेष अधिवेशन माग गर्न भीम रावल र पम्फा भुसाल पुगे राष्ट्रपति कार्यालय

ओलीले प्रचण्डलाई भने- प्रतिवेदनमाथि छलफल गर्ने भए बैठकमा आउँदिन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad