नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अध्यादेश सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण भएको बताएका छन्।
नेता पौडेलले संवैधानिक निकायमा आफू अनुकूलका मानिस भर्ने कुत्सित नियतका साथ संसद् अधिवेशनलाई छल्नका लागि हतार–हतारमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाएका छन्।
आइतबार र मंगलबार बिहानको बैठकमा गणपुरक संख्या नपुगेपछि सरकारले अध्यक्षसहित बहुमत सदस्यले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश लाएको छ।
नेता पौडेलले सरकारको यो कदमको घोर विरोध गर्ने बताएका छन्।
‘संवैधानिक परिषदको मूल मर्मविपरीत संवैधानिक निकायमा आफू अनुकूलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार–हतारमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु’, वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
संबैधानिक परिषदको मुल मर्म बिपरित संबैधानिक निकायमा आफु अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुँशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु ।
— Ram Chandra Paudel (@NcPaudel) December 15, 2020Shares

प्रतिक्रिया