विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले बताएका हुन्।
राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति–निर्वाचित बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै आफू सहकार्य र सम्पर्क स्थापित गर्न तत्पर रहेको बताए।
राष्ट्रपतिको कार्यालय क्रेमलिनले सार्वजनिक गरेको विज्ञप्तिमा रुस र अमेरिकाको काँधमा विश्वको सुरक्षा र स्थायित्व कायम राख्न विशेष जिम्मेवारी रहेको उल्लेख छ।
विश्वका प्रमुख नेताहरुमध्ये रुसी राष्ट्रपति अन्तिमतिर जो बाइडेनलाई बधाई दिने विश्व नेता हुन्। सोमबार मात्र अमेरिकी इलेक्टोरल कलेजले बाइडेनको जितलाई सुनिश्चित गर्नेगरी औपचारिक रुपमा मतदान गरेको थियो।
तर अमेरिकी राष्ट्रपति–निर्वाचित बाइडेनले रुस विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा पनि कडा नीति अख्तियार गर्ने अनुमान गरिएको छ। चुनावी अभियानका क्रममा बाइडेनले पुटिन समेतका विश्वका धेरै तानाशाहलाई ट्रम्पले समर्थन र साथ दिएको बताउँदै बताएका थिए। रासस/एएफपी
Shares

प्रतिक्रिया