राजनीति


हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा वकालत गर्दा कसले के भन्छ भन्ने चिन्ता हामीलाई हुँदैन : थापा

हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा वकालत गर्दा कसले के भन्छ भन्ने चिन्ता हामीलाई हुँदैन : थापा

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ५:२१,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपाल निर्माणका लागि हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गरेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र राजसस्थाको पक्षमा वकालत गर्दा कसले के भन्छ भन्ने चिन्ता आफूहरुलाई नहुने बताएका छन्।

 अध्यक्ष थापाले धर्म–संस्कृति, परम्परा, इतिहासको संरक्षण र सम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपाल निर्माण गर्नुपर्ने भने पक्षमा राप्रपा रहेको बताए।

‘धर्म संस्कृति, परम्परा, इतिहासको संरक्षण र सम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा विश्वास गर्ने भएकोले हामीले हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ। कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुँदैन’, थापाले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad