प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि परिषदको बैठक स्थगित भएको छ।
प्रधानामन्त्रीले सो बैठक बेलुकी पाँच बजेका बस्नेगरी पुनः बोलाएका छन्।
सभामुख सोपकोटा अनुपस्थित हुँदा गणपुरक संख्या नपुगेपछि संवैधानिक परिषदको बैठक स्थगित भएको हो।
मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक बोलाएका थिए।
बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना मात्रै उपस्थित रहेका थिए।
संवैधानिक परिषद बैठक स्थगित भए लगत्तै बालुवाटारमा सुरु भएको मन्त्रीपरिषद बैठक चलिरहेको छ।
3
Shares

प्रतिक्रिया