राजनीति


बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणा

बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणा

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ४:५१,

अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेन विजयी भएको औपचारिक घोषणा भएको छ।

देशभरका इलेक्टोरल कलेज सदस्यले बाइडेनको जितलाई औपचारिकता दिएका हुन्।

अब बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। अब बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन्।

गत नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका हुन्। २३२ इलेक्टोरल कलेज मत मात्र पाएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएका छन्।

अमेरिकी प्रणाली अनुसार मतदाताले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोलर कलेज सदस्यले राष्ट्रपतिका लागि मत दिन्छन्। 

विभिन्न राज्यमा मत परिणाम उल्टाउन ट्रम्पले गरेको प्रयास असफल भएको छ। चुनावमा धाँधली भएको दाबीसहित उनले दायर गरेका मुद्दा आधारहीन ठहर गर्दै तल्लोदेखि सर्वोच्च अदालतसम्मले खारेज गरिसकेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad