भर्खरै दुई पार्टी पुनः एकता गरेर बनेको विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको विचारप्रति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुरा भट्टराई कडा टिप्पणी गरेका छन्।
मिश्रले एक अनलाइन पत्रिकालाई दिएको अन्तर्वार्तामा अध्यक्ष मिश्रले ‘हाम्रो पार्टी राजतन्त्र ल्याउन वा फाल्न जन्मिएको होइन’ भनेपछि पूर्वप्रधानमन्त्री डा.भट्टराईले उनको पार्टीलाई ‘राप्रपाको नयाँ अवतार’ भनी आलोचना गरेका हुन्।
‘मित्र, रवीन्द्र मिश्रप्रति निजी सद्भावसहित भन्नैपर्छ- दशौं हजार जनताले जीवन उत्सर्ग गरेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताप्रति ‘निरपेक्ष’रहने सोच प्रतिगामी नै हो,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो सोच राख्ने शक्ति वैकल्पिक हैन, राप्रपाको नयाँ अवतार मात्रै हुन सक्छ, सरी !’

प्रतिक्रिया