समाज


किर्तिपुरमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा २४ वर्षीय युवाको मृत्यु

 किर्तिपुरमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा २४ वर्षीय युवाको मृत्यु

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ३:१७,

काठमाडौंको किर्तिपुर नगरपालिकामा पर्ने चोभारमा टिपरको ठक्करबाट एक युवाको मृत्यु भएको छ।

सोमबार राति ९ बजे बल्खुबाट चोभार जाँदै गरेको बा ४ ख ४५६५ नम्बरको टिपरले स१०प ४९१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङका २४ वर्षीय सरोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

राईलाई किर्तिपुर नगरपालिका ६ चोभारमा टिपरले ठक्कर दिएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको । दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad