समाज


कोरोना संक्रमणबाट किस्ट मेडिकल कलेजमा वडाध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट किस्ट मेडिकल कलेजमा वडाध्यक्षको मृत्यु

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ३:४५,

कोरोना संक्रमणको कारण दोलखामा वडाध्यक्षको मृत्यु भएको छ।

शैलुङ गाउँपालिका ७ का वडाध्यक्ष ५६ वर्षीय धावा वाङगेल लामाको कोरोना संक्रमणका कारण मृत्यु भएको गाउँपालिका कार्यालयले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहका अनुसार एक साताअघि निमोनियाको लक्षण देखिएपछि लामालाई उपचारका लागि काठमाडौं लगिएको थियो। उपचारको क्रममा किस्ट मेडिकल कलेजमा उनको मृत्यु भएको हो।

करिव १५ दिनअघि सामान्य रुघाखोकीको समस्या देखिएपछि सुरुमा लामाले स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएका थिए। सुधार नभएपछि उनलाई काठमाडौं लगेर चावहिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा भर्ना गरिएको थियो।

पछि उनलाई किस्ट मेडिकल कलेजमा सारिएको थियो। २१ मंसिरमा उनमा कोरोना पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad