राजनीति


भारतले विश्वकै ठूलो ‘फेक न्युज’ कारखाना चलाएको खुलासा, विश्वभर ७५० आउटलेट सञ्चालन

भारतले विश्वकै ठूलो ‘फेक न्युज’ कारखाना चलाएको खुलासा, विश्वभर ७५० आउटलेट सञ्चालन

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १४:९,

भारतले विश्वकै ठूलोमध्येको एक दुष्प्रचार अभियान सञ्चालन गरेको खुलासा भएको छ।

ब्रसेल्सस्थित एक एनजीओ ईयू डिसइन्फो ल्याबले प्रकाशित गरेको रिपोर्टअनुसार यो अभियान १५ वर्षदेखि सञ्चालनमा छ। ईयु डिसइन्फो ल्याबले सो रिपोर्टलाई ‘इन्डियन क्रोनिकल्स’ नाम दिएको छ। करिब एक वर्ष लामो अनुसन्धानपछि यो रिपोर्ट प्रकाशित गरिएको हो। 

यो अभियान सञ्चालनमा नयाँ दिल्लीस्थित श्रीवास्तव ग्रुप र एसियन न्युज इन्टरनेसनल (एएनआई)को मुख्य हात रहेको रिपोर्टमा जनाइएको छ। यो अभियान खासगरी युरोपेली संघ र संयुक्त राष्ट्रसंघलाई प्रभावित गर्न तथा भारतमा नरेन्द्र मोदी सरकारको छवि चम्काउन प्रयोग भएको देखिएको छ।

रिपोर्टअनुसार श्रीवास्तव ग्रुपले विश्वका ११६ मुलुकमा ७५० भन्दा धेरै फेक न्युज आउटलेट बनाएर दुष्प्रचार चलाइरहेको छ। ती आउटलेटले उत्पादन गरेको फेक न्युजलाई एएनआईले पुनरोत्पादन गर्ने र अन्य भारतीय सञ्चारमाध्यमले त्यसलाई प्रकाशित गर्ने गरेका छन्।

त्यतिमात्र होइन, यो अभियान सञ्चालकहरुले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदले मान्यता दिएका १० वटाभन्दा बढी एनजीओहरुलाई सञ्चालन गरिरहेको खुलासा भएको छ।

त्यस्तै अनेकौँ चर्चित व्यक्तिहरुको पहिचान चोरेर पनि यो अभियान चलाइएको पाइएको छ। मानव अधिकारका क्षेत्रमा चर्चित नाम हो प्रा. लुई बी सन। उनको सन् २००६ मै मृत्यु भइसकेको थियो। तर, सन् २०११ मा वासिङ्टनमा भएको एउटा कार्यक्रममा उनी सहभागी रहेको दुष्प्रचार यही अभियानले गरेको थियो।

यो अभियानको मुख्य उदेश्य पाकिस्तानको छवि बिगार्नु भएपनि केही हदसम्म चीनविरोधी भावना वृद्धि गर्न पनि यसको प्रयोग भएको रिपोर्टमा उल्लेख छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad