राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडीले समान तलब पाउने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहिबार बसेको बैठकले महिला र पुरुष टोलीको तलब समान गर्ने निर्णय गरेको हो।
अब राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीले मासिक १८ हजार रुपैयाँ पाउनेछन्। महिला खेलाडीको तलब ११ हजार रुपैयाँ वृद्धी भएको हो।
यसअघि महिला खेलाडीले मासिक ७ हजार रुपैयाँ बुझ्दै आएका थिए। पुरुष खेलाडीहरुको हकमा भने ३ हजार रुपैयाँ बढेको छ। पुरुष खेलाडीले यसअघि मासिक १५ हजार रुपैयाँ पाउने गर्थे।
याे पनि : फुटबलमा विभेदः महिला खेलाडीकाे पारिश्रमिक पुरुषकाे भन्दा आधा
30
Shares

प्रतिक्रिया