राजनीति


विश्वराज पोख्रेल एआईजीमा बढुवा

विश्वराज पोख्रेल एआईजीमा बढुवा

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १४:१०,

डीआईजी विश्वराज पोख्रेल एआईजीमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोख्रेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

पोख्रेलको प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएको छ। बढुवा समितिले गत साता पोख्रेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

सरकारले मंसिर ३ गते एक एआईजीको दरबन्दी थप गरेको थियो। २०४९ चैत २९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पोख्रेल डीआईजी बढुवा हुँदा पनि यसैगरी एक मात्रै कोटामा परेका थिए।

एआईजीमा बढुवा भएसँगै पोख्रेल भावि आईजीपी बन्ने लकभग पाक्का भएको छ। अरु तीन एआईजी आईजीपीसँगै अवकास हुँदा हालका शीर्ष ४ डीआईजी पनि सँगै अवकास हुनेछन्।

संसदको राज्य व्यवस्था समितिले बुधबार मात्रै एआईजीको दरबन्दी थप गर्ने निर्णय बदर गर्न निर्देशन दिएको थियो।

तर दरबन्दी दर्ता भएर पनि बढुवा सिफारिस भएकै एक साता पुगिसकेको अवस्थामा सरकार पछि नहटेको हो।

विश्वराज पोख्रेललाई प्रहरी महानिरीक्षक बनाउन सरकारले बाटो खोल्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad