राजनीति


भारतलाई पश्चिमाहरुले चीनविरोधी खेलौना बनाएः रुसी विदेशमन्त्री

भारतलाई पश्चिमाहरुले चीनविरोधी खेलौना बनाएः रुसी विदेशमन्त्री

नेपालखबर
मंसिर २४, २०७७ बुधबार १३:८,

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले भारतलाई पश्चिमा मुलुकहरुले चीनविरोधी खेलको खेलौना बनाएको टिप्पणी गरेका छन्।

अमेरिकाले इन्डो–प्यासिफिक रणनीति, क्वाडजस्ता नीति अघि सारेर एक ध्रुवीय विश्व सिर्जना गर्न खोजेको बताए।

‘निश्चय नै पश्चिम विश्व व्यवस्थाको एक ध्रुवीय मोडल पुनर्स्थापना गर्न चाहन्छ। तर, रुस र चीनजस्ता ध्रुव यसका अघि कमजोर रहने सम्भावना छैन,’ रसियन इन्टरनेसनल अफेयर्स काउन्सिलको बैठकमा मंगलबार लाभ्रोभले भने।

‘तथापि अहिले भारत पश्चिमा मुलुकहरुको आक्रामक र कुटिल नीतिको खेलौना बनेको छ। पश्चिमा मुलुकहरु यतिबेला इन्डो–प्यासिफिक रणनीति, क्वाडलाई प्रबद्र्धन गरेर चीनविरोधी खेलमा सहभागी हुने कोसिस गरिरहेका छन्,’ लाभ्रोभले भने, ‘यही बेला उनीहरु भारतसँगको हाम्रो साझेदारी र विशेष सम्बन्धलाई कमजोर तुल्याउन लागिपरेका छन्। अमेरिकाले सैन्य र प्राविधिक सहकार्यका लागि नयाँ दिल्ली कडा दबाब दिनुको लक्ष्य यही हो।’

शीतयुद्धकालदेखि नै भारत रुसको निकट रहँदै आएको छ। तर, पछिल्लो समय चीनसँग सीमामा तनाव बढेपछि भारतले अमेरिकासँग सैन्य सम्झौता गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad