यससँगै यहाँ कोरोना संक्रमितको कुल संख्या ७१ सय ८० पुगेको छ। बुधबार कोरोनाका कारण थप एक व्यक्तिको मृत्यु भएको पनि बताइएको छ।
संक्रमितमध्ये यहाँ हालसम्म ११३ को मृत्यु भइसकेको छ भने ५७ सय ८३ कोरोनामुक्त भएका छन्।
पछिल्लो समय हङकङमा तीव्र गतिमा कोरोना फैलिरहेको छ। त्यसमा पनि धेरै कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएपछि समस्या उत्पन्न भएको छ।
यसकारण कोरोना संक्रमित तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ।
अहिले हङकङले धेरै संक्रमित देखिएको स्थानका नागरिकहरुलाई अनिवार्य रुपमा परीक्षण गराउन निर्देशन दिएको छ। एससीएमपी
प्रतिक्रिया