राजनीति


प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ६:३६,

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।

भोली मंगलबार बिहान ११ बजे बस्ने गरी सो बैठक बोलाइएको हो।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो।

‘यो बेला बेला हुँदै आएको हो। प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो,’ डा. भट्टराईले नेपालखबरसँग भने।

यसअघि भारतसँगको सीमा विवादमा राष्ट्रिय सहमति कायम गर्नका लागि यस्तै बैठक आह्वान गरिएको थियो।

यो पनि:
प्रचण्डले स्थायी समितिलाई भने : सर्वदलीय बैठक नै आवश्यक पर्‍यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad