खेल


अहिलेसम्म अपराजित बक्सर मेवेदरले युट्युबर लोगन पलसँग भिड्दै

अहिलेसम्म अपराजित बक्सर मेवेदरले युट्युबर लोगन पलसँग भिड्दै

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ६:२३,

मेवेदरले आफूले आगामी फेब्रुअरी महिनामा लोगन पलसँग रिङमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

४३ वर्षका मेवेदर बक्सिङका एक महान खेलाडी मानिन्छन्। उनले आफ्नो जीवनको ५० खेलमा सबैमा जित निकालेका थिए।

उनी पाँच तौल समूहका विश्व बक्सिङ च्याम्पियन हुन्। सन् २०१७ मा मे वेदरले चर्चित एमएमए स्टार कनर म्याकग्रेगरलाई पराजित गरेका थिए।

उक्त खेल उनको खेल जीवनकै सबैभन्दा बढी मूल्यको खेल थियो। उता २५ वर्षका युट्युबर पल लोगनले भने अहिलेसम्म एउटा मात्र व्यवसायिक बक्सिङ खेलमा प्रतिस्पर्धा गरेका छन्।

तर सन् २०१७ मा अर्का युट्युबर केएसआईसँग भएको पहिलो खेलमै लोगन पराजित भएका थिए।

लोगनको युट्युबमा २२ मिलियन सब्सक्राइबर छन्। लोगन पलले मे वेदरलाई धेरैपटक च्यालेन्ज गरेपछि मे वेदर यस खेलका लागि तयार भएका हुन्।

खेल फेब्रुअरी २० तारिखमा हुने बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad