मुम्बईका १७ वर्षे युवा अधिकारकर्मी विभान कविर वाइवाइ ग्लोकल टिन हिरो भारतबाट सम्मानित भएका छन्।
भारतीय पार्टनर सीवाईडीएसँगको सहकार्यमा ग्लोकल प्रालिले दोस्रो संस्करणको ग्लोकल टिन हिरो इन्डिया २०२० भर्चुअल रुपमा आज घोषणा गरेको हो।
कविर मात्र १७ वर्षका छन्। उनको राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र दिगो विकासलगायतमा विशेष रुचि छ। उनले साउथ एसियन युथ एक्स–चेन्ज स्थापना गरेका थिए।
यो संस्था शान्ति, दिगो विकास, शिक्षा र अन्य विषयमा आठ देशका विद्यार्थी नेताहरुलाई जोड्ने बहुपक्षीय युवा इ–समिट हो। त्यस्तै उनी यूएन योंग चेन्ज मेकर्स कन्क्लेभका भाइस प्रेसिडेन्ट पनि हुन्।
कविर यो प्रतियोगितामा छानिएका ६ फाइनलिस्टमा परेका थिए। ग्लोकल टिन हिरो प्रतिभावान्, प्रतिबद्ध र नेतृत्व क्षमता भएका युवालाई अभिप्रेरित गर्ने एउटा प्लेटफर्म हो।

प्रतिक्रिया