ad ad

राजनीति


नेकपा विवाद : प्रचण्ड–नेपाल समूहका इन्जिनियरले गरे यस्तो अपिल

नेकपा विवाद : प्रचण्ड–नेपाल समूहका इन्जिनियरले गरे यस्तो अपिल

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ८:३७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अन्तरिक विवादको प्रभाव जनवर्गीय संगठनहरुमा पनि पर्न थालेको छ।

विद्यार्थी संगठनका छुट्टाछुटै भेला, विभिन्न प्रतिष्ठानका नाममा हुँदै आएका गतिविधि यसैका उदाहरण हुन्।

शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहका इन्जिनियरहरुले संगठनका इन्चार्ज र सह-ईन्चार्जमार्फत दुवै अध्यक्षलाई सम्बोधन गर्दै सचिवालयमा पेस गरेका दुवै प्रतिवेदन छलफलमा लैजान समेत माग गरेका छन्।

 प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पीन)का बहुमत सचिवालय सदस्यले दुबै अध्यक्षलाई सम्बोधन गर्दै जारी अपिल पत्र जारी गर्दै दुवै प्रतिवेदनलाई छलफलमा लैजान माग गरेका हुन्।

कम्युनिस्ट पार्टीमा अन्तविरोध स्वभाविक भएको बताउँदै अन्तरविरोधले पार्टीलाई थप जुझारु र गतिशील बनाउने विज्ञप्तिमा उल्लेख छ। अन्तरविरोधको हल पनि निश्चित विधि र प्रक्रियाबाट हुने भन्दै दुवै अध्यक्षले पेस गरेको प्रतिवेदनले पार्टीभित्र बहसको सुरुवात गरेको भन्दै यसलाई स्वागतयोग्य मान्नु पर्ने बताइएको छ।

‘अध्यक्ष द्वयद्वारा प्रस्तुत छुट्टाछुट्टै प्रतिवेदनले पार्टी कमिटीमा बहसको औपचारिक सुरुवात गरेको कुरालाई स्वागत योग्य मान्न सकिन्छ’, विद्दप्तिमा भनिएको छ, ‘अध्यक्षद्वयबाट पेश भएका दुवै प्रतिवेदनलाई स्थायी र केन्द्रीय कमिटीमा गहन छलफल गराइ सर्वमान्य एक प्रतिवेदन तयार गर्दा सबै कार्यकर्ता, शुभचिन्तकको भावनालाई समेट्छ।’

यसरी अपिल गर्नेहरुमा माधवप्रसाद कोइराला, आशिष घिमिरे, नन्द बञ्जाडे, केशवराज विष्ट, नारायण चौलागाईँ, अनन्तराज घिमिरे, सीआर ढकाल, डिल्लीराम भट्ट, राम एकवाल यादव, विरोध रिजाल र कपिल आचार्य रहेका छन्।

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .