ad ad

राजनीति


अमेरिकाद्वारा चीनसँगको पाँच सांस्कृतिक कार्यक्रम समाप्त गरेको घोषणा

अमेरिकाद्वारा चीनसँगको पाँच सांस्कृतिक कार्यक्रम समाप्त गरेको घोषणा

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ८:२९,

अमेरिकी राज्य विभागले चीनसँगको संस्कृति आदानप्रदान कार्यक्रमहरु समाप्त गरेको बताएको हो।

यसको मतलब अब अमेरिका र चीनबीच हुँदै आएको सांस्कृतिक आदानप्रदान कार्यक्रमहरु बन्द हुनेछन्।

सीजीटीएनका अनुसार पोलिसिमेकर्स एजुकेसनल चाइना ट्रिप प्रोग्राम, यूएस–चाइना फ्रेनसिप प्रोग्राम, यूएस–चाइना लिडरसिप एक्सचेन्ज प्रोग्राम, द यूएस–चाइना ट्रान्स प्यासिफिक एक्सचेन्ज प्रोग्राम र द हङकङ एजुकेसनल एन्ड कल्चरल प्रोग्रामहरु अमेरिकाले समाप्त गरिदिएको हो।

चीनले यी कार्यक्रमहरुलाई आफ्नो प्रचारको माध्यम बनाएको अमेरिकी आरोप छ। यसअघि अमेरिकी विदेशमन्त्रीले यी सांस्कृतिक कार्यक्रमलाई बन्द गरिदिने बताएका थिए।

चीनले यस्ता शैक्षिक र संस्कृति आदान प्रदान हुने कार्यक्रममा राजनीतिकिरण गर्न नहुने बताएको थियो। यी कार्यक्रमको उद्देश्य दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै सहकार्य बढाउनु रहेको चीनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .