राजनीति


रास्वपा महाधिवेशन: बन्द सत्रमा सभापति लामिछानेसहित यी ६ नेताले पेस गर्दैछन् विभिन्न प्रतिवेदन

रास्वपा महाधिवेशन: बन्द सत्रमा सभापति लामिछानेसहित यी ६ नेताले पेस गर्दैछन् विभिन्न प्रतिवेदन

नेपालखबर
असार ८, २०८३ सोमबार ९:२९, काठमाडौँ

आइतबारदेखि चितवनमा सुरु भएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्रका कार्यक्रम सुरु हुँदैछन्।  

बन्दसत्रको कार्यक्रम उद्योग संघको प्रदर्शनी केन्द्रमा राखिएको छ। 

बन्द सत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक र आर्थिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छ। 

ती प्रतिवेदनहरू पारित भएपछि निर्वाचन प्रक्रिया पनि अघि बढ्ने तालिका छ। 

रास्वपा निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

नयाँ नेतृत्व चयन गर्दै रास्वपा महाधिवेशन मंगलबार सक्ने तयारी छ। 

बन्द सत्रको सुरुमा अनुशासन आयोगका रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेस गर्नेछन्। बन्दसत्रको अन्त्यमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेद पेस गर्ने तालिका छ।

कार्यक्रममा कोषाध्यक्ष लीमा अधिकारीले पार्टीको बित्तिय प्रतिवेदन, महामन्त्री कबिन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले विधान संशोधन प्रतिवेदन र उपसभापति डा.स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रतिवेदन  पेस गर्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad