ad ad

राजनीति


बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, ओली पनि उपस्थित

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, ओली पनि उपस्थित

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ७:५७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

दिउँसो सवा १ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन्।

यसअघि १७ गते बसेको बैठकमा ओली सहभागी नहुँदा बैठक आजका लागि सारिएको थियो। १७ गतेको बैठकले प्रधानमन्त्री ओलीलाई आजको बैठकमा अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएको थियो।

याे पनि  :  सचिवालय बैठकअघि ओली-प्रचण्डबीच एक्लाएक्लै छलफल

बैठकअघि दुई अध्यक्षबीच एक्लाएक्लै छलफल भएको थियो। दुई अध्यक्षबीचको छलफलले सहमतिको वातावरण बनाएको र त्यसबारे आजको बैठकमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दियो।

‘सहमतिको वातावरण बनेको छ, अब बैठकमा त्यसबारे छलफल हुन्छ’, स्रोतले नेपालखबरसँग भन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .