प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी प्रधानमन्त्री केपी शर्मा ओलीका लागि निकै महँगो पर्ने चेतावनी दिएका छन्।
बुधबार गृहजिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका नेता पौडेलले निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले गिरफ्तार गरेको थियो।
नेता थापाले वरिष्ठ नेता पौडेको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया नभएको बताएका छन्। उनले उक्त घटना नियोजित राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको बताएका छन्।
नेता थापाले यो घटनाले सरकारको चरित्र उदांगो बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका लागि यो निकै महँगो पर्ने चेतावनी दिएका छन्।
‘नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन। यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदांगो बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, यो तपाईँका लागि निकै महँगो पर्नेछ’, सामाजिक सञ्जाल ट्विटरमा नेता थापाले लेखेका छन्।
नेका वरिष्ठ नेता @NcPaudel को गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन।यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो।यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। @PM_Nepal यो तपाईँका लागि निकै महँगो पर्नेछ।
— Gagan Thapa (@thapagk) December 2, 2020

प्रतिक्रिया