राजनीति


साझा प्रकाशन कर्मचारी भिड्ने थलो भयो, सरकारले थप सहयोग गर्न सक्दैन : मन्त्री अर्याल

साझा प्रकाशन कर्मचारी भिड्ने थलो भयो, सरकारले थप सहयोग गर्न सक्दैन : मन्त्री अर्याल

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १२:४७,

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रगति गर्न नसक्ने साझा प्रकाशनलाई थप आर्थिक सहयोग गर्न नसक्ने बताएकी छन्।

साझा प्रकाशनको ५७ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री अर्यालले बिजनेस गर्न नसक्ने र संस्थागत सुधार पनि गर्न नसक्ने संस्थालाई पाल्न सरकारले सधै पैसा दिन नसक्ने बताएकी हुन्।

आफू मन्त्री भएदेखि नै १५/१६ करोड रुपैयाँ निकाशा दिएको संस्थाले अझै सुधार गर्न नसक्ने हो भने सरकारले अब थप पैसा दिन नसक्ने स्पष्ट पारेकी छन्।

उनले आर्थिक अवस्थालाई सुदृढ बनाउन बिजेनस खोज्न समेत आग्रह गरिन्। त्यसभन्दा अगाडि साधारणसभा गरेर संस्थाका सञ्चालक परिवर्तन गरी संस्थालाई जीवन्त बनाउन समेत निर्देशन दिइन्। भर्चुअल माध्यमबाट भएपनि साधारण सभा गरेर काम गर्ने मान्छे सञ्चालक समितिमा ल्याउन उनले निर्देशन दिइन्।

पुरानो विनियमलाई समातेर आधुनिक समयमा काम गर्न दिएन भन्दै बस्नु सबैभन्दा कमजोर पाटो रहेको पनि मन्त्री अर्यालले बताइन्। उनले विनियमलाई समय अनुसार परिवर्तन गरेर काम गर्न निर्देशन दिइन्।

साझा प्रकाशनलाई जहिले पनि कर्मचारी भिड्ने थलो बनाइएको भन्दै काम नगर्ने कर्मचारीलाई निकाल्नुपर्ने समेत बताइन्। कर्मचारीबीच भिडन्त हुने अवस्थालाई अन्त्य नगर्दासम्म संस्थालाई अगाडि बढाउन नसकिने पनि मन्त्री अर्यालले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad