ad ad

राजनीति


चीनको खतरा मध्यनजर गर्दै ताइवानले अमेरिकी सहयोगमा नयाँ पनडुब्बीहरु तैनाथ गर्दै

चीनको खतरा मध्यनजर गर्दै ताइवानले अमेरिकी सहयोगमा नयाँ पनडुब्बीहरु तैनाथ गर्दै

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ११:३५,

ताइवानमै विकास भएको पनडुब्बीहरु अमेरिकी सहयोगमा बनेको बताइएको छ। यी पनडुब्बीहरुले समुद्री सीममा चीनको खतरालाई निगरानी गर्नेछ।

चीनले आफ्नो भूमि भएको दाबी गर्ने ताइवानले लामो समयदेखि पनडुब्बी शक्तिलाई सुधार गर्ने प्रयास गरिरहेको छ।

पछिल्लो समय झनै चीनसँगको सम्बन्ध बिग्रिएपछि ताइवानले आफ्नो रक्षा शक्ति बलियो बनाउन अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ।

Submarine Problems: Why Taiwan Might Not Be Able to Get New Boats Anytime  Soon | The National Interest

चीनले अमेरिकालाई ताइवानसँग सम्पर्कै नगर्न चेतावनी दिँदै आएको छ। यद्यपी अमेरिकी गतिविधि ताइवानमा दिनदिनै बढ्दै गइरहेको छ।

चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने बताइरहँदा यसैवर्ष चिनियाँ राष्ट्रपति सीले ताइवान चीनबाट अलग्याउने शक्तिबाट खतरा भएकाले आफ्ना सेनलाई युद्धको लागि तयार हुन निर्देशन दिएका थिए।

यसबीचमा ताइवानले अमेरिकी सहयोगमा बनेको पनडुब्बी चीनसँगको समुद्री सीमामा तैनाथ गर्न लागेको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .