ad ad

राजनीति


पेरुमा एक सातामा फेरिए तीन राष्ट्रपति

पेरुमा एक सातामा फेरिए तीन राष्ट्रपति

नेपालखबर
मंसिर २, २०७७ मंगलबार ९:६,

दक्षिण अमेरिकी मुलुक पेरुमा राजनीतिक संकटका बीच एक सातामा तीन जना राष्ट्रपति फेरिएका छन्।

संकट समाधानका लागि भन्दै हाल फ्रान्सिस्को सगास्तीलाई राष्ट्रपति बनाइएको छ।

उनले मंगलबार शपथ लिँदैछन्।

नोभेम्बर ९ मा राष्ट्रपति मार्टिन भिजकारालाई संसदले महाअभियोग लगाएको थियो। उनी देशमा लोकप्रिय थिए। तर, उनको भ्रष्टाचार नियन्त्रण अभियानले सांसदहरु क्रुद्ध बनेका थिए।

उनलाई हटाएलगत्तै सभामुख म्यानुएल मेरिनो राष्ट्रपति बने।

तर, मेरिनोले कार्यभार सम्हालेपछि उनीविरुद्ध विशाल जनप्रदर्शन सुरु भयो। जसका कारण दुई व्यक्तिको ज्यान समेत गयो।

आइतबार उनले राजीनामा दिए।

नयाँ राष्ट्रपति सगास्ती जुलाई २०२१ सम्म सत्तामा रहनेछन्। त्यसअघि अप्रिल ११ मा आम निर्वाचन हुँदैछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .