राजनीति


शान्ति सम्झौतामा हस्ताक्षर गरेर विवादित बनेका आर्मिनियाका प्रधानमन्त्रीको हत्या प्रयास!

शान्ति सम्झौतामा हस्ताक्षर गरेर विवादित बनेका आर्मिनियाका प्रधानमन्त्रीको हत्या प्रयास!

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार ११:५,

अजरबैजानसँग प्रधानमन्त्री पासिनयानले गरेको शान्ति सम्झौता आफ्नो देशको हित विपरित भएको बताउँदै यतिबेला त्यहाँका जनताले उनले प्रधानमन्त्री पदबाट हट्नुपर्ने बताइरहेका छन्।

आर्मिनियाले आफ्ना प्रधानमन्त्रीको हत्या प्रयासलाई असफल बनाएको बताएको रोयटर्सले जनाएको छ।

आर्मिनियाको नेसनल सेक्युरिटी सर्भिस एनएसएसका अनुसार त्यहाँका पूर्व अधिकारीहरुले पासिनयानलाई हत्या गरेर शक्ति आफ्नो हातमा लिने प्रयास गरेका थिए।

एनएसएसका पूर्व प्रमुख अर्टर भेनेत्सेन, रिपब्लिकन पार्टीका पूर्व प्रमुख भराम बग्दसरयान र वार भोलुन्टर असत मिनास्यनलाई हाल हत्या प्रयासको आरोपमा पक्राउ गरिएको छ।

पासिनयानलाई त्यहाँका जनताले देशद्रोहको आरोप लगाइरहँदा उनको हत्या प्रयास भएको हो। हालै अजरबैजान र आर्मिनियाबीच नागोर्नो–काराबाख क्षेत्रको स्वामित्वको विषयमा युद्ध भएको थियो।

६ हप्तासम्म युद्ध चलेको थियो। यस क्रममा आर्मिनियाले आफ्नो भूमि भएको दाबी गर्ने क्षेत्र अजरबैजानले नियन्त्रणमा लिएको थियो। रुसको मध्यस्थतामा हालै गरिएको सम्झौता अनुसार अजरबैजानले नियन्त्रणमा लिएको भूभाग अब अजरबैजानकै हुनेछ।

आफ्नो भूमिलाई त्यसै अजरबैजानलाई सुम्पिएको भन्दै हाल प्रधानमन्त्री पासिनयानको देशमा विरोध भइरहेको हो।

यो पनि: युद्ध हारेर शान्ति सम्झौता गरेपछि संकटमा अर्मेनिया, प्रधानमन्त्रीमाथि नै ‘देशद्रोह’को आरोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .